२५औँ लोक दोहोरी दिवस पाल्पामा मनाइयो

पाल्पा

फागुन २९

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाले २५औँ लोक दोहोरी दिवस मनाएको छ। प्रतिष्ठान पाल्पाका अध्यक्ष रुपेश कार्की को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम सेन माध्यमिक विद्यालयमा विद्यार्थीहरूसँग लोक दोहोरी कार्यक्रम आयोजना गरेर मनाइएको प्रतिष्ठानका प्रवक्ता भरत खड्गी ले जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले दोहोरी प्रस्तुत गरेका थिए। साथै प्रतिष्ठान पाल्पाका पदाधिकारी तथा सदस्यहरूले पनि एकल प्रस्तुति तथा दोहोरी गाएर विद्यार्थीहरूसँग रमाइलो गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *