लायन्स क्लब अफ पाल्पा बिपना सितलपाटीले फस्ट चार्टर डे मनाएकाे छ 

असोज १५,पाल्पा
लायन्स क्लब अफ पाल्पा बिपना सितलपाटीले फस्ट चार्टर डे मनाएकाे छ ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि First VDG PM JF लायन बालाराम भट्टराईले लायनवादले दिने अवसर भनेको समाजसेवा, नेतृत्व विकास र भाईचारा सम्बन्ध बिस्तार भएको बताउनु भयो । संचार माध्यमलाइ इंकित गर्दै नेपालको पैसा नेपालमै रहने र विदेशबाट पनि लायन्स क्लब चलाउन विदेशी पैसा नआउने बरु विदेशबाट विकास निमार्ण लगायत सामाजिक सेवाका लागि सहयोग आउने गरेको जानकारी दिनु भयो । लायन्समा बाहिरबाट पैसा आउने र नेपालको रकम बाहिर जान्छ भन्ने भ्रम नराख्न आग्रह गर्नु भयो । प्रमुख अतिथि लायन बालाराम भट्टराईले दियोमा बत्तीबाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

लायन्स क्लब अफ पाल्पा बिपना शितलपाटी अध्यक्ष लायन रमेश राज बज्राचार्यले नेतृत्व र व्यक्तित्व विकास एवं समाज सेवाका लागि लायन्स क्लब उत्कृष्ट हुदै गएको बताउनु भयो


कार्यक्रममा तानसेन नगरपालिका वडा न। ११ का अध्यक्ष तथा नगर प्रबक्ता यादब सिङ कार्कीले शिक्षा, स्वास्थ, जनचेतना र पर्यावरण आदि क्षेत्रहरु सञ्चालन गरिने अभियान नै लायन्सका मुख्य गतिविधि भएको बताउनु भयो। उहाले स्थानीय जनता, समुदाय, संघ संस्थाको सहयोग, लायन्स क्लबका सदस्यका सहयोग र लायन्स क्लबलाई स्थानीय तहले पनि हालेमालो गर्दै अगाडि बदने बताउनुभयो । पाल्पा उधोग बाणिज्य सघका अध्यक्ष शैलेन्द्र भट्टराईले क्लबले सामाजिक कार्यमा सरिक भएर आमनागरिक माझ अमूल्य योगदान दिँदै आएको बताउनुभयो ।

लायन्स क्लब अफ पाल्पा बिपना सस्थापक अध्यक्ष लायन भिम बहादुर श्रेष्ठले क्लबले समाजमा सुशासन र पराम्परागत संस्कृतिको जगेर्ना एवं दिगो स्थायित्व जस्ता कार्यमा अतुलनीय भूमिका निभाउँदै आएकाले यस क्लवको गरिमालाई अझै प्रगाढ बनाउदै लैजान सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष लायन रुक्मांगद भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको संचालन क्लबका सचिब लायन जयप्रकाश उप्रेतीले गर्नुभएको थियोे ।


कार्यक्रममा विविध सांस्कतिक कार्यक्रम तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिएको थियो । लायन्स क्लब अफ पाल्पा बिपना शितलपाटीका अध्यक्ष लायन रमेशराज बज्राचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न हो ।

One thought on “लायन्स क्लब अफ पाल्पा बिपना सितलपाटीले फस्ट चार्टर डे मनाएकाे छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *