पाल्पा ,कमल प्रसाद भट्टराई
माघ ४
घरेलु तथा साना उद्योग कार्यलाय पाल्पाको आयोजनामा तानसेन नगरपालिका वडा नं. ३ मा निःशुल्क मोटरसाइकल मर्मत तालिम उद्घाटन कार्यक्रम सम्पन भएको छ । पाल्पा उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराईले तालिम उद्घाटन गर्दै मोटरसाइकल मर्मत कार्य गर्ने भारतीय व्यक्ति धेरै भएकाले नेपालको ठुलो धन रासी नेपाल बाहिर गएकोले अब नेपाली नै दक्ष भइ नेपालमै स्वरोजगार हुन युवाहरुलाई आग्रह गर्नु भयो ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष कमल ढकाल, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य संजय घले ,शिव इन्ष्टिच्युट अफ मल्टि टेक्निकल एजुकेशन प्रा ली पाल्पाका म्यानेजिङ डाइरेक्टर नारायण भट्टराई लगायतले बोल्नु भएको थियो । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख स्याम कुमार पौडेलले तालिम सिटिइभिटि तह १ को पाठ्यक्रममा आधारित रहेर संचालन गरिने र तालिम पश्चात सिटिइभिटि तह १ को प्रमाणपत्र पाउने जानकारी दिनु भयो ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख स्याम कुमार पौडेल अध्यक्षतामा सम्पन्न कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यमविकास सहजकर्ता मनोज घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश भित्रका १८ युवाहरु सहभागी रहेका छन् ।