सर्वोकृष्ट पर्व गीत(गायक) जुरी अर्वाड राजु अधिकारीले हात पारे

चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहरी अर्वाड २०८१ अन्तगत सर्वोकृष्ट पर्व गीत(गायक) जुरी अर्वाड राजु अधिकारीले हात पारेका छन् ।
विगत २०७८ साल देखि अधिकारी गीत संगीत क्षेत्रमा लाग्दै आएका हुन् । उनले आँखा नलाउ है गीतवाट अर्वाड जीत्न सफल बनेको हो । फागन ४ मा सम्पन्न चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहरी अर्वाड २०८१मा उनले अर्वाड थापेका थिए । विगत लामो समय देखि विशाल मुभिज प्रा.लि.ले विभिन्न अर्वाडका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
लोक तथा दोहोरी गीतसंग सम्बन्धित करिब ३३ बिधाका करिब ५९ जना कलाकारहरुलाई अवार्ड बितरण गरिएको कार्यक्रममा करिब एकदर्जन अग्रज देखि अनुजसम्मका कलाकारहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्नुका साथै बिबिध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *