पाल्पाली समाज युएइको आयोजनामा यहि फ्रेब्रुअरि २३ का दिन मसाफी फुजेराहमा मौलिक नौमती बाजासहित बनभोज कार्यक्र

शिव भट्टराई

युएइ

पाल्पाली समाज युएइको आयोजनामा यहि फ्रेब्रुअरि २३ का दिन मसाफी फुजेराहमा मौलिक नौमती बाजासहित बनभोज कार्यक्रम हुने भएको छ। युएइलाई कर्मथलो बनाएर बसेका पाल्पालिहरु भाइचारा कायम गर्नका लागि पनि कार्यक्रमले सहयोग गर्ने बिश्वास लिइएको छ।
‌यो कार्यक्रमले सम्पुर्ण पाल्पाली मात्र नभइ, युएइमा बसोबास गर्ने नेपालीहरुलाइ एकतामा ल्याउन मद्दत पुग्ने तथा साथमा नौमती बाजासंगै मनोरञ्जन पनि हुने पाल्पाली समाज युएइ कि अध्यक्ष ओम कुमारी खांडले बताउनु भयो। युएइमा समस्यामा परेका नेपालीलाई उद्दार गर्न पनि यस्ता किसिमका कार्यक्रमले भुमिका खेल्ने हुदा, यो बनभोज कार्यक्रम महत्त्वपूर्ण रहको पाल्पाली समाज युएइका प्रमुख सल्लाहकार बेद प्रसाद अर्यालले जानकारी दिनुभयो।

कार्यक्रमका टिकट संयोज सन्तोष न्यौपानेले बनभोज कार्यक्रममा मौलिक नेपाली नौमती बाजासंगै, पाल्पाली परिकारको साथमा रमाइलो सांस्कृतिक कार्यक्रम पनि रहने हुदा पाल्पाली मात्र नभइ युएइमा बसोबास गर्ने सम्पुर्ण नेपालिलाइ उपस्थित हुनको लागि अनुरोध गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *