रुपन्देहीका गायक तथा सर्जक डिल्लीनारायण पाण्डेयलाई लोक गायन पुरस्कारबाट सम्मान

रुपन्देहीका गायक तथा सर्जक डिल्लीनारायण पाण्डेयलाई लोक गायन पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुरस्कार वितरण एवं समर्पण कार्यक्रममा नुरगंगा प्रतिभा पुरस्कार गुठीले तीस हजार नगद राशीको लोक गायन पुरस्कार पाण्डेयलाई प्रदान गरेको हो ।

यसैगरी नव प्रतिभा पुरस्कारद्वारा अर्का लोक कलाकार प्रकाश दुतराजलाई सम्मान गरेको छ । बाल साहित्य पुरस्कार संयुुक्त रुपमा प्राध्यापक राम कुमार पाँडे र रामबाबु सुवेदीलाई र नव प्रतिभा क्षेत्रीय साहित्य पुरस्कार सागर पौडेललाई प्रदान गरिएको र सबैलाई नगद सहित सम्मान गरिएको सदस्य सचिव यज्ञ प्रसाद शर्मा पोख्रेलले बताउनुभयो ।

विगत ३० वर्ष यतादेखि लगातार गुठीले कला र साहित्य क्षेत्रमा सक्रिय एवं योगदान पुर्याएका प्रतिभाहरुलाई सम्मान गर्दै आइरहेको छ ।

पाण्डेय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ उहाँले यसअघि बुटवल उपमहानगरपालिका र गैंडहवा गाउँपालिकाको नगर गानमा छनोट पुरस्कृत भैसक्नुभएको छ । पाण्डेयले गैंडहवा तथा बुटवल नगरगान रचना समेत गर्नुभएको छ । ती सबै नगरगान अहिले प्रचलनमा छन् ।

पाण्डेले रचना गरेको शुद्धोदन गाउँपालिका र बर्दघाट नगरपालिकाको गान समेत छनौट भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *