२०८२/०२/३०
अर्घाखाँची
५० दिने कार्यस्थलमा आधारित सिपमुलक तालिमको समापन।
शितगङ्गा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना तर्फ कार्यस्थलमा आधारित ५० दिने सिपमुलक तालिमको समापन आज एक समारोह बिच सम्पन्न भएको छ।
नगर उप प्रमुख गिता भाटको अध्यक्षतामा भएको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथिको नगर प्रमुख छबिलाल पौडेलले नगरभित्र निर्माण कार्य तीब्र बनिरहेको अवस्थामा दक्ष डकर्मीको अभाव रहेकाले त्यो अभाव पूरा गर्न तालिमको आयोजना गरिएको बताउदै आफुले सिकेको सिपलाई उपयोग गर्दै आफ्नो आय आर्जनमा वृद्धि गरि जिबिकोपार्जनमा समेत सुधार ल्याउनुपर्ने बिचार ब्यक्त गर्नु भयो। साथै प्रशिक्षार्थीहरुलाई नगरको निर्माण कार्यमा सङ्लग्न गराउन निर्माणकर्मीहरुसग समन्वय गरि प्राथमिकतामा राखिने बिचार ब्यक्त गर्नु भयो। तालिममा सहभागी १० जना महिला र १० जना पुरुषहरुलाई नगर प्रमुख र उपप्रमुखबाट सीप सिकेको प्रमाणपत्र समेत बितरण भएको थियो। समापन समारोह शितगङगा नगरपालिकाका रोजगार संयोजक रमेश बेल्वासेको संचालन र शिव ईन्स्टिच्युट अफ टेक्निकल कलेजका प्रबन्धक कमल भट्टराईको स्वागत मन्तव्यमा भएको थियो। उक्त तालिम शितगङ्गा नगरपालिकाको आयोजना र शिव ईन्स्टिच्युट अफ मल्टी टेक्निकल प्रा लि पाल्पाको प्राबिधिक सहयोगमा सन्चालन भएको थियो।
