लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटिको आयोजनामा Hunger Relief programme सम्पन्न भएको छ

कमल भट्टराइ,पाल्पा
लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटिको आयोजनामा आज ता. न .पा.१४ रिडि,पाल्पामा Hunger Relief programme सम्पन्न भएको छ।कार्यक्रममा नेपालका चार धाममध्येको एक पबित्र ऋषिकेस धाममा अवस्थित मन्दिरमा बसोबास गर्नु भएका भक्त एवं गायत्री ब्रम्हचार्य आश्रम गुरुकुलमा अध्ययनरत बटुकहरु गरि करिब ५० जनालाई भोजन गराउनुका साथै दक्षिणा समेत प्रदान गरिएको थियो। ईन्जिनियर बिबेक पौडेलको सातौं पुन्य स्मृतिमा  क्लबका सदस्य MJF लायन गोपाल पौडेल र बिष्णु पौडेलले कार्यक्रमको प्रायोजन गर्नु भयो भएकाे थियाे । र्ऋषिकेस गूठी ब्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईकाे कार्यक्रम संयोजनस‌‌गै  लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटिका अध्यक्ष रुक्मागत शर्माकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा  चार्टर प्रेसिडेन्ट रमेश बज्राचार्य,द्वितीय उपाध्यक्ष जयप्रकाश उप्रेति,सदस्य रुपा थापा‚अमृत गुरुङ ‚सन्ताेष बस्याल लगायतले कार्यक्रम सफल पार्न सक्रिय भुमिका निर्वाह गर्नु भएकाे थियाे ।
 क्लवका  द्वितीय उपाध्यक्ष जयप्रकाश उप्रेतीले गाउनु भएको छोंटो भजन र कार्यक्रमको शुभारम्भमा बटुक बाबुहरुले गाएको स्वस्ति बाचनले कार्यक्रमलाई संगितमय बनेकाे थियाे।

लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटिको आयोजनामा आज ता. न .पा.१४ रिडि,पाल्पामा Hunger Relief programme सम्पन्न भएको छ।कार्यक्रममा नेपालका चार धाममध्येको एक पबित्र ऋषिक…

See more

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *