भोटेकोशीमा भीषण बाढी, ठूलो धनजनको क्षतिको आकलन

 

रसुवा, १० भदौ

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो धनजनको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीका कारण घर, पुल, सडक तथा जलविद्युत् आयोजनालगायतका भौतिक संरचनामा क्षति पुगेको बताइएको छ।

बाढीले स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा असर पारेको छ। नुवाकोटको त्रिशूली बजार आसपासका क्षेत्रमा समेत घर तथा पुल बगाएको प्रारम्भिक विवरण छ। बाढीका कारण नदी आसपासका बस्तीमा त्रास फैलिएको छ।

सम्भावित मानवीय क्षतिबारे यकिन विवरण प्राप्त हुन बाँकी रहेको छ। सुरक्षाकर्मी तथा स्थानीय तहको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। बाढीबाट भएको वास्तविक क्षतिको विवरण संकलन गर्ने कार्यसमेत भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *