टी-२० विश्वकप फाइनल : उपाधिको लागि भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा आज भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज साँझ ८ : १५ मा बार्बाडोसमा सुरु हुनेछ ।

पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *