‘इट्स माई शो’ नामक कार्यक्रमको पछिल्लो श्रृंखलाले ठूलो विवाद निम्त्याएको छ । उक्त कार्यक्रमको अतिथि बनेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले केही कलाकारको व्यक्तिगत विषय उठाएपछि यतिबेला तीव्र आलोचना भइरहेको छ । थुप्रै कलाकार तथा दर्शकहरुले अन्तर्वार्तालाई लिएर आपत्ति जनाइरहँदा चलचित्र कलाकार संघ पनि बोल्न बाध्य भएको छ ।
संघले बुधबार एक विज्ञप्ति जारी गर्दै टिभी कार्यक्रममा स्वस्तिमा र साम्राज्ञीले दिएको अभिव्यक्तिलाई अमर्यादित, अशोभनीय र गैर जिम्मेवारीपूर्ण भनेको छ । अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रम ९इट्स माई शो० मा सहभागी कलाकारहरुको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ ।