मध्यपुर थिमिको नगदेशमा दोश्रो संस्करणको वः फेस्टिभलको आयोजना हुने भएको छ। मध्यपुर पर्यटन बिकास समितिको आयोजनामा उक्त वः फेस्टिभल हुन लागेको हो।
फेस्टिभलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रमेश प्रजापतिले नेवा समुदायको महान चाड सिथिनखःको पुर्ब सन्ध्या पारेर यो फेस्टिभल आयोजना गर्न लागेको र यसले मध्यपुर थिमिमा रहेको विभिन्न पर्यटकीय आर्कषणहरु, मुर्त अमुर्त कला, संस्कृति र सम्पदाहरु, कलात्मक मठ मन्दिर, पाटि पौवा, सत्तल, बिहार तथा पुरात्वात्विक महत्वका स्मारक क्षेत्रहरुको प्रचार प्रसारमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो।
अध्यक्ष प्रजापतिले यो फेस्टिभलले मध्यपुर थिमिलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको नया गन्तब्यको रुपमा बिकास गर्ने समितिको उद्देश्य प्राप्तिमा सघाउ पुर्याउने बताउनु भयो।