प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धान रोपेका छन्।
२१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनमा आयोजित आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले धान मेसिनबाट धान रोपेका हुन्।
प्रधानमन्त्री प्रचण्डले चितवनको सौराहास्थित बछुलीमा मेसिनबाट धान रोपेका हुन्।
रोपाइँपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए।