पाल्पा, उद्योग बाणिज्य संघ पाल्पाको आयोजनामा आज कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । पाल्पा जिल्लाको तानसेन लगायत आसपासका गाउँपालिकामा व्यवसाय गर्र्दै आएका व्यवसायीहरुलाइ कर शिक्षा कार्यक्रम गरिएको छ । आर्थिक बर्ष २०८१ लागे संगै कर तथा विल विजकमा आएको समस्याका बारेमा कर कार्यालय पाल्पाका कर अधिकृत सन्तोष सुवेदीले सहजीकरण गनु भयो । साथै HS Code सम्बन्धी जानकारी जानकारि दिनु भएकाे थियाे ।
कार्यक्रम पाल्पा उद्योग बाणिज्य पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कर कार्यालय पाल्पाका अधिकृत सन्तोष सुवेदी, पाल्पा उद्योग बाणिज्य संघका निवमान अध्यक्ष राजु महर्जन, उपाध्यक्ष उत्तम कुमार बज्राचार्यले कर सम्बन्धी व्यवसायीलाई जानकारी दिएमा राज्यले कर उठाउने कुरामा सहजहुने बताउनु भयो । कार्यक्रम संचालन पाल्पा उद्योग बाणिज्य संघ पाल्पाका कोषाध्यक्ष विनायक महर्जनले गर्न भएको थियो ।