बाताबरण संरक्षणमा लियो क्लव अफ पाल्पा II

  1. पाल्पा । लियो क्लब अफ पाल्पा II ले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार निलसागर सेवा आश्रम भुषलडाँडा परिसरमा बृक्षरोपण  कार्यक्रम गरेको हो ।

कार्यक्रममा बृक्षरोपण कार्यक्रमका संयोजक पवन बस्यालले अभियान बारे जानकारी एवम् उपस्थित सबैलाई धन्यवाद दिदैँ लगाएका बिरुवा संरक्षण गर्न सबैलाई अनुरोध गरेका थिए ।


  1. कार्यक्रमका प्रमुख अतिथी लायन्स सुशील प्रधान लगायत सम्पुर्ण अतिथीहरुले मन्तव्यको क्रममा वृक्षरोपण संग संगै संरक्षणका लागि समेत कार्यक्रम गर्नुपर्छ भन्ने जस्ता भनाई राखेका थिए ।लालीगुँरास एवम अन्य विभिन्न प्रजातिका बोट बिरुवा लगाएर सम्पन्न भएको कार्यक्रम क्लवका सचिब अजय कार्कीको सञ्चालन र क्लवका उपाध्यक्ष सुजित कुमार थापाको  अध्यक्षतामा चलेको कार्यक्रममा सम्पुर्ण क्लबका सदस्य तथा युवाहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *