राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न ।

भाद्र १ कमल भट्टराई
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ ।

लोक संगीतलाई जोगाऔ लोक भजनमा भक्तजनलाइ नचाऔ भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको आज तानसेन शिवालय मन्दिरमा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष नारायण खनाल लेकालीले संस्थागत विकासमा र भजन चड्का संरक्षणका लागिसबै जोडिन सकिने बताउनु भयो कार्यक्रममा केन्द्रीय सदस्य जय प्रकाश उप्रेती,प्रदेशका अध्यक्ष काशीराम पाख्रेल , कोषाध्यक्ष मन्जु पाण्डे, राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा जिल्लाका अध्यक्ष कमल प्रसाद भट्टराई शिवालय मन्दिरका पण्डित संकर गिरी लगायतले मन्तव्य राख्नु भयो ।

निर्वाचन समितिका संयोजक मुक्ति शर्मा को रोहोवरमा काशी राम पोख्रेल, जय प्रकाश उप्रेती, मन्जु पाण्डे कमल प्रसाद भट्टराईको रोहोवरमा भरत खड्गीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जसमा उपाध्यक्ष सुरेश न्यौपाने महिला उपाध्यक्ष तुल्सा शर्मा गैरे सचिव चुरामणी तिमिल्सेना सह सचिव विष्णु गिरि कोषाध्यक्ष विमला गैरे , सहकोषाध्यक्ष विष्णु गिरी सदस्य पदमा पुरुषोत्तम गैरे,रिता भट्टराई,लक्ष्मी भट्टराइ,विष्णु गैरे,शान्ती कार्कि, जनक अर्याल सर्बसहमतिमा निवार्चित हुनु भयो ।
कार्यक्रम राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाका सचिव चुरामणी तिमिल्सिनाले संचालन गर्नु भएको थियो भने राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पा जिल्लाका ईन्चार्ज मुक्ति राम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *