पाल्पा,भाद्र ४
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने भगवती जात्रा भदाै ११ गते परेकाे छ । २ सय ५ औं भगवती जात्राकाे तयारी अन्तिम चरणमा पुगेकाे श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले जनाएकाे छ । जात्राकाे अवसरमा पाल्पा जिल्लाभर सार्वजनिक विदा दिने प्रचलन रहेकाे छ ।
पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजिर सिह थापाले युद्ध जितेको सम्झनामा सिन्दूरजात्रा गर्ने प्रचलन रहेकाे छ । नेपाली फैजले विजयी प्राप्त गरेको खुसियालीमा मनाईने जात्रालाई भगवती खट्यात्रा, भगवती जात्रा, सिन्दूरजात्रा, तथा रथयात्रा भन्ने गरिन्छ । ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती जात्रा निकाल्ने गरिदै आएकाे छ ।