युवा गायक शंकर घिमिरेकाे तीज गीत बजारमा ।

पाल्पा, भाद्र १७

पाल्पाली सर्जक तथा युवा गायक शंकर घिमिरेको फेशन आइदियो तिज गीत डिजिटल वजारमा आएको छ । घिमिरेले आफ्नै युवटुव च्यानल मार्फत गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक गरेका हुन् ।विगत एक दशक देखि कलाकारीता क्षेत्रमा लाग्दै आउनु भएका घिमिरेले आधा दर्जन गीत तथा टेलिसिरियल बजारमा ल्याई सक्नु भएको छ ।फेशन आईदियोमा पछिल्लो समय जुन मौलिक तिजमा आएका विकृति तथा विसंगतीलार्ई व्यँङ्ग गर्दे गीत निकालेका हुन् ।
गीतमा स्वर पाल्पाली गायिका निरु सुनारले भर्नुभएको छ । गीतको लय, शब्द तथा निर्देशन समेत शंकर घिमिरे आफैले गर्नु भएको छ । गीतको भिडियोमा अञ्जना वि.सी, ज्ञानलाल भट्टराईको अभिनय देख्न सकिन्छ । गीतलाई आशिका प्रोडक्सनले छायाँकन तथा सम्पादन गरेको छ । यस अगी घिमिरेको गयो मेरो सातो गीत बजारमा चर्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *