स्याङ्गजाली युवा गायक राजु अधिकारीको आँखा नलाउँ है तिज गीत डिजिटल वजारमा

पाल्पा

स्याङ्गजाली युवा गायक राजु अधिकारीको आँखा नलाउँ है तिज गीत डिजिटल वजारमा आएको छ । अधिकारीले आफ्नै युवटुव च्यानल मार्फत गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक गरेका हुन् ।विगत एक दशक देखि कलाकारीता क्षेत्रमा लाग्दै आउनु भएका स्याङ्गजा अर्जुन चौपारीका अधिकारीले आधा दर्जन गीत बजारमा ल्याई सकेका छन् ।
आँखा नलाउँ है गीतमा अधिकारीलाई स्वरमा पाल्पाली गायिका रुपा नेपालीले साथ दिएकी छन् । गीतको लय, शब्द राजु अधिकारी आफैले गरेका हुन भने भिडियोको निर्देशन पाल्पाली मोडल तथा निर्देशक सुमन थापाले गरेका छन् । गीतको भिडियोमा मोडल सुमन थापा र गीता रजाली मगरको नृत्य देख्न सकिन्छ । गीतको भिडियो छायाँकन तथा सम्पादन सन्तोष बस्याल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *