राष्ट्रिय लाेक तथा दाहाेरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशकाे छैठौं बार्षिक साधारणसभा सम्पन्न।

भाद्र २९

राष्ट्रिय लाेक तथा दाहाेरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशकाे छैठौं बार्षिक साधारणसभा लुम्बिनी प्रदेशकाे राजधानी दाङकाे देउखुरी सम्पन्न भएकाे छ ।


कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लाेक तथा दाहाेरी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रीय अध्यक्ष दुर्गा रायमाझीले अब प्रतिष्ठान भित्र बाैद्विक बसह चलाउनु पर्ने वेला आएकाे बताउनु भयाे । अब आउने केन्द्रीय साधारणसभा विधान सभा भएकाले के कस्ता समस्या छन् कहाँ नीर विधानलाई परिवर्तन गर्नु पर्छ त्यसकाे निक्ल्याैल गरि विधान सभाका लागि एजेन्डा लिएर आउन पनि प्रदेश समितिलाई आग्रह गर्नु भयाे । विशिष्ट अतिथि केन्द्रीय सल्लाहकार खिम हमालले गीतसंगीतमा आएकाे विकृति विसंगतिकाबारेमा चासाे व्यत्त गर्नु भयाे । कार्यक्रममा केन्द्रीय सचिव दिपक गराैजा , पुर्व केन्द्रीय सचिव प्रचण्ड जिसी,केन्द्रीय सदस्य पुरुषाेत्तम भण्डारी पुर्खे बा, पुर्व केन्द्रीय सदस्य प्रेम प्रकाश मल्ल ,राष्ट्रिय लाेक तथा दाहाेरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका सल्लाहकार राधेश्याम राजभण्डारी , रुपन्देही अध्यक्ष विजय सापकोटा, दाङ जिल्लाका अध्यक्ष राजेन्द्र दाहाल लगायतले मन्तव्य राख्नु भयाे।

कार्यक्रममा विभिन्न विधामा याेगदान पुर्याउने कलाकारलाई सम्मान गरिएकाे थियाे । अग्रज कलाकार सम्मान भिमा सुवेदी (पुष्पा खड्का),लाेक पत्रकारिता पुरस्कार शमसेर जिसि, बाध्यवादन दिपक पुन मगर र नव प्रतिभा पुरस्कार परि वि सिलाई प्रदान गरिएकाे थियाे । त्यस्तै उत्कृष्ट जिल्ला रुपन्देही र दाङ उर्जाशिल जिल्ला गुल्मी र रचनात्मक कार्य गर्ने जिल्ला नवलपरासी र अनुसाशित जिल्ला कपिल बस्तुलाई प्रदान गरियाे ।

कार्यसमिति भित्र उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्य पुरुष विष्णु जि पाण्डे माईला बा र महिलामा दुर्गा नेपाललाइ सम्मान प्रदान गरेकाे थियाे भने कार्यक्रममा उपस्थित अथिति ज्युहरुलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे साथै कार्यक्रममा थारुहरुकाे संस्कृति झल्किने झुम्रा नृत्यबाट स्वागत गरिएकाे थियाे  ।

कार्यक्रम राष्ट्रिय लाेक तथा दाहाेरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरकाे अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दामोदर बस्यालकाे स्वागत मन्तव्य र सचिव याेगराज पाख्रेलकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *