सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझ हुने भएको छ।

आगामी असोज १४ गते (सोमबार) उनको एकल सांगीतिक साँझ हुन लागेको हो।
‘रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१’ नाम दिइएको कार्यक्रमको आयोजकमा गुल्मी कलाकार समाज छ। लोक गायिका मञ्जु पौडेल कार्यक्रम संयोजकका रूपमा छिन्।
पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेका चन्दले त्यहाँ आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।