पाल्पा,असाेज ३०
पुरानाे संस्कृति हराउदै गरेका बेला बगनासकाली ९ झिरभञ्याङका युवाहरु भने पुरानाे संस्कृति बचाउने तथा उत्थानका लागि भन्ने नाराका साथ चङ्गा उडाउने प्रतियोगिता गर्न लागेका छन् । बगनासकाली ९ झिरभञ्याङबाट चङ्गा उडाउने र प्रतियाेगीका लागि प्रथम पुरस्कार रु ५०००/- दास्राे पुरस्कार रु ३०००/- तेस्राे पुरस्कार रु २०००/- राखिएकाे छ । काेजाग्रत पुर्णिमाकाे दिन हुने प्रतियाेगितामा दर्ता निशुल्क रहेकाे युवा पत्रकार विष्णु घिमिरेले जानकारी गराउनु भयाे ।