लियो क्लब अफ पाल्पा II ले 67th Leo Week सेलीब्रेशनको छैठौं दिनको कार्यक्रम Women empowerment & Health sanitation कार्यक्रम सम्पन्न

२०८१ मंसिर १७

पवन बस्याल

लियो क्लब अफ पाल्पा II ले 67th Leo Week सेलीब्रेशनको छैठौं दिनको कार्यक्रम Women empowerment & Health sanitation मोहन कन्या माध्यमिक विद्यालय तानसेन-४ शिल्खान टोल पाल्पा मा Cyber crime & misuse of mobile phone सम्बन्धि कार्यकम भव्यताका साथ सम्पन्न गरिएको छ ।

कार्यक्रमको अध्यक्षता लियो क्लब अफ पाल्पा-II का अध्यक्ष लियो बिक्रम घिमिरे ज्यु ले गर्नु भएको थियो। यस कार्यक्रमका प्रमुख अतिथिमा लायन्स डिस्ट्रीक-३२५ पि नेपाल का एरिया-२ कि एरिया चिफ लायन्स शशी श्रेष्ठ ज्युले गर्नुभएको थियो भने उक्त कार्यक्रमका विशिस्ट अतिथी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्दीप बेल्बासे, मोहन कन्या मा बि का प्रध्यापक दिपक ज्ञवाली ज्यु तथा लायन्स क्ल्ब अफ पाल्पाका बजार संचार संयोजक लायन्स सविन मल्ल ज्यु ले गर्नुभएको थियो भने अतिथिमा मोहन कन्या माबिका गोपाल बस्याल,नारायण प्रसाद भण्डारी र होम बहादुर खड्काले गर्नुभएको थियो । कार्यक्रम संयोजक तथा संचालन क्ल्बका सचीव लियो मेघराज बस्याल(पवन) ज्यु ले गर्नुभएको थियो। , कार्यक्रममा झन्डा अभिवादन लियो माधव राज पन्त,लियो प्रण लियो नबिना पछाइ,स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष लियो सुजित कुमार थापाले गर्नुभएको थियो। उक्त कार्यक्रममा जि प्र का निरीक्षक ज्यु ले साइबर क्राइम तथा मिसयुज अफ मोबाइल फोनको बारेमा कक्षा ९-१२ का ९० जना विद्यार्थी बहिनीहरुलाइ सचेतनामुलक सन्देश दिनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिले लायन्स लियो को बारेमा जानकारी गराइ विभिन्न बिधालयहरुमा सचेतना मुलक कार्यक्रम गर्नका लागि अनुरोध गर्दै अहिले भैरहेको घटनाहरु बाट बालबालिका बच्चनको लागि तथा मोबाइल फोनको दुरुपयोग बाट सचेत रहनको लागि बिद्यार्थीहरुले आजको कार्यक्रम बाट बुझेको विश्वस्त गर्दै सम्पूर्ण लाई धन्यवाद दिनुभएको छ। यस्तै मा बि का प्राध्यापकले आयोजक तथा सहकार्य दुबैजनालाइ धन्यवाद दिदै आफ्नो बिद्यालय रोजेको र आफ्ना नानिहरुलाइ जनचेतनामुलक कार्यक्रममा उपस्थित गराउन पाउँदा सार्है खुसी रहेको भनाइ ब्यक्त गर्नुभएको थियो। यस्तै गरि आजका कार्यक्रमका अध्यक्ष घिमिरे ज्यु ले सहजीकरण गर्दिएकोमा जि प्र का टिम लाई र कार्यक्रम संचालन गर्नका लागि समय दिएकोमा बिधालय परिवारलाइ धन्यवाद दिदै लियो साप्ताहिक बारेमा जानकारी दिदै आजको कार्यक्रम समापन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *