INTERNATIONAL LEO DAY मा केक काटेर कार्यकम भव्यताका साथ सम्पन्न

२०८१/ ८ /२० पाल्पा

पवन बस्याल

लियो क्लब अफ पाल्पा II र लियो क्लब अफ पाल्पा एल एम सि सग संयुक्त आयोजनामा 67th Leo Week celebration सातौ दिनको कार्यक्रम INTERNATIONAL LEO DAY & CLOSING CEREMONY श्री जन आधरभुत माध्यमिक बिद्यालय तानसेन -५ शित्तलडाडा पाल्पामा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ पोषणयुक्त भोजन खुवाएर तथा INTERNATIONAL LEO DAY मा केक काटेर कार्यकम भव्यताका साथ सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता लियो क्लब अफ पाल्पा एल एम सि का अध्यक्ष लियो सन्जु आले ज्यु ले गर्नु भएको थियो भने कार्यक्रम संचालन लियो क्लब अफ पाल्पा-II को अध्यक्ष लियो बिक्रम घिमिरे ज्यु ले गर्नुभएको थियो । यस कार्यक्रमका प्रमुख अतिथिमा लायन्स क्लब अफ पाल्पाका बचार संचालन व्यवस्थापनका प्रतिनिधि लायन्स सबिन मल्ल ज्यु को उपस्थितिमा पानसमा दिप प्रज्ज्वलन गरि उद्द्घाटन गरिएको थियो। बिशिस्ट अतिथिमा स्कुल ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेपाली ज्यु ,प्राध्यापक सरिता कार्की ज्यु तथा अतिथिमा लियो PVST समूह तथा बिधालयका शिक्षक हरुको उपस्थितिमा भएको थियो। साथै लियो क्लब अफ पाल्पा -II का सचिब लियो मेघराज बस्याल तथा एल एम सि का लियो श्रीजल मुनि बज्राचार्य ज्यु आजको कार्यक्रम संयोजकमा रहनुभएको थियो। झण्डा अभिवादन लियो क्लब अफ पाल्पा-II का लियो मेघराज बस्याल ज्यु,लियो प्रण लियो क्लब अफ पाल्पा एल एम सि का सचिब लियो प्रशंसा चालिसे ज्यु तथा कार्यक्रमको स्वागत मन्तव्य पाल्पा-II का प्रथम उपाध्यक्ष लियो सुजित कुमार थापा ज्यु ले गर्नुभएको थियो। कार्यक्रम सम्योजक लियो मेघराज बस्याल ज्यु ले आफू पढेको बिद्यालय मा कार्यक्रम गर्न पाउँदा आफू खुशी भएको र यस्तै कार्यक्रमहरु फेरि पनि लेराउने र बिद्यालय को स्तर उन्नतिका लागि सबै बिद्यालय व्यवस्थापन समिती खटिनु पर्ने बिद्यार्थी को सङ्ख्या बढाउन तिर लाग्नु पर्ने बताउनु भएको छ।
बिद्यालय का प्राध्यापक ज्यु ले हाम्रो बिद्यालय मा यति राम्रो कार्यक्रम लेराएको मा पुर्व विद्यार्थी मेघराज बस्याल लाई बिशेष धन्यवाद ज्ञापन गर्दै दुबै क्लब लाई फेरि पनि हामिलाइ सम्झनुहुने छ भन्दै बिद्यालय को तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ।
प्रमुख अतिथिले लियो सेलिब्रेसन सातौं दिन सम्म सफलता पुर्वक गर्दै आज अन्तिम दिनमा बिद्यालय मा यति राम्रो काम गरेको मा दुबै क्लब लाई शुभकामना दिनु हुँदै आगामी दिनमा अझै लियो मय पाल्पा भएको देख्न पाउने छौ भन्दै आजको कार्यक्रम भव्य र सव्य भएको बताउनु भएको थियो।
यसै गरि आज को कार्यक्रम आजका अध्यक्ष लियो सन्जु आले ज्यु ले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो।
जय लियो!! जय लायनवाद!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *