सुन्तलाको प्रवर्द्धनका लागि सुन्तला महाेत्सव

मंसिर २०

पाल्पामा दुई पालिकाको आयोजनामा हुन लागेको सुन्तला महोत्सव तयारी अन्तिम चरण पुगेको आयोजकले जनाएको छ । सुन्तला महोत्सवको अबसर पारेर  रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले  मंसिर २३ गते स्थानीय बिदा दिने निर्णय समेत गरेको छ । दुई गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत सहित सुन्तला महोत्सव मुल आयोजक समितिको भेलाले मंसिर २३ गते स्थानीय बिदा दिने निर्णय गरेको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल जानकारी दिनुभयो । सुन्तला कृषकबाट उत्पादित सुन्तलाको प्रवर्द्धनमाण सहयोग गर्ने विश्वासका साथ आयोजना गर्न लागीएको सुन्तला महोत्सवको लागी दुई गाउँपालिका भित्र रहेका कर्मचारी जनप्रतिनिधि विद्यालयका शिक्षक स्वास्थ्यकर्मी लगायत सम्पूर्णलाई  अनिवार्य उपस्थिति भएर सुन्तला महोत्सव सफल बनाउन समेत अनुरोध गरेको रैनादेवी छहराका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सेनाले बताउनुभयो ।

महोत्सव मुल समारोह समितिका अध्यक्ष  एवं रैनादेवी छहराका अध्यक्ष रुक्मागत भट्टराईले र सह–संयोजक रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवर्द्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैँचा व्यवस्थापनमा समेत सिप र ज्ञानको विकास हुने भएको कारण  दुई पालिकाको आयोजनामा दोस्रो सुन्तला महोत्सव आयोजना गरेको र महोत्सव सफल बनाउनको लागी स्थानीय राजनिति दल जनप्रतिनिधि संगको परार्मशमा मंसिर २३ गते स्थानीय बिदा दिने निर्णय गरेको बताउनु भयो ।   पश्चिम पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर २२ र २३ महोत्सव  कटौजेपानी खेल मैदानमा  महोत्सव  हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *