चिलाङदी खेलमैदानमा हुने महोत्सवको तयारी तिव्र

बबिता बिस्ट,पाल्पा
पाल्पामा यहीँ आउदो पुस ९ गते देखि १८ गते सम्म पाल्पा महोत्सव हुने भएको छ। कुटुम्ब मिडिया नेटवर्क प्रालिको मुख्य आयोजना र बगनासकाली गाउँपालिको प्रर्बन्धमा पाल्पाको बगनासकाली गाउँपालिका १ चिलाङदी खेलमैदान पाल्पा महोत्सव हुन लागेको हो । चिलाङदी खेलमैदानमा हुने महोत्सवको तयारी तिव्र पारिएको आयोजक समितिले आइतबार पाल्पामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
महोत्सवमा फोटो ग्यालरी र स्थानीय कलासंस्कृति ’झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति प्रस्तुत गरिने संयोजक  न्यौपानेले बताउनु भयो। महोत्सवमा कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापारका गरी १ सय ५० स्टल रहने छ । महोत्सवको पहिलो दिन उद्घाटन समारोहमा कल्चर एण्ड कन्ट्री विशेष कार्यक्रम सञ्चालन गरिनेछ । महोत्सवमा हरेक दिन राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुतीसँगै स्थानीय कलाकार र कला केन्द्रहरुको प्रस्तुती रहने महोत्सव मूल समारोह समितिका सदस्य यज्ञमूर्ति तिमिल्सिीनाले बताउनुभयो । उहाका अनुसार बगनासकाली डान्स आईडलमार्फत प्रतिभा पहिचान गरिनेछ ।
महोत्सव स्थलमा स्टलका रुपमा रहेका होटल तथा रेष्टुरेन्टमा स्थानीय दुनाटपरीको उपयोगलाई प्राथमिकता दिइने बताउनुभयो । महोत्सवमा स्थानीय किसानहरुबाट उत्पादित कृषि उत्पादनको प्रदर्शनी र कृषि उत्पादन शुलभ मूल्यमा खरिद विक्रीको व्यवस्था मिलाइनेछ । महोत्सबमा बगनासे साँचो, दुनाटपरी उद्योग, विद्यार्थीहरुवाट निर्मित शैक्षिक सामग्री प्रदर्शनको तयारी समेत गरिएको तिमिल्सिीनाले बताउनु भयो।  महोत्सवमा प्रवेश शुल्क साधारणतर्फ ८० र विद्यार्थीहरुको लागि ५० रुपैयाँ तोकिएको छ । महोत्सवमा करिव १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र कुल ३ करोडको कारोवार हुने आयोजकले लक्ष्य लिएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *