पाल्पा महोत्सवको अवसरमा होण्डा पाल्पा डान्स आइडल हुने

पाल्पा । पुस ९ देखि १८ सम्म बगनासकाली १ चिलाङ्दी खेलमैदानमा हुने पाल्पा महोत्सवको अवसरमा होण्डा पाल्पा डान्स आइडल–२०८१ पनि संचालन हुने भएको छ ।

कुटुम्ब मिडिया प्रालिको आयोजना, बगनासकाली गाउँपालिकाको प्रवर्धन र लुम्बिनी मेकिडल कलेज एण्ड शिक्षण अस्पतालको मुख्य प्रवर्धन रहने महोत्सवको अवसरमा हुने डान्स आइडलमा एकल नृत्य रहने, नेपाली गीतमा मात्र नृत्य गर्न पाईने, आफू नाच्ने गीत आफैले उपलब्ध गराउन पर्ने, गीत अनुरुपको भेषभुषालाई प्राथमिकता दिईने, ८ पुष ९ गते सम्म दर्ता गरिसक्नुपर्ने डान्स आइडल कार्यक्रमका संयोजक कमल भट्टराइले बताउनुभयो ।

आइडलमा उत्कृष्ट १ जनालाई ११ हजार नगद पुरस्कार प्रदान गरिने अर्का संयोजक पवन बस्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *