पाल्पाकाे त्रिभुवन बहुमुखी क्याम्पसमा चैत्र ५ गते चुनाव हुँदै

देशकै पहिलाे (जेठो) क्याम्पस हाे, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा । २०७९ सालकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सर्वसम्मत रुपमा सम्पन्न भएपनि यस पटक भने निर्वाचनकै माध्यमबाट स्ववियुको कार्यसमिति चैत ५ गते चयन हुँदैछन् ।

यस अघि नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन गरिएको थियाे । सर्वपक्षीय स्ववियुमा नेवि सङ्घका कृष्ण अर्याल सभापतिमा निर्वाचित भएका थिए। यस्तै उपाध्यक्षमा अनेरास्ववियुका अमृत भट्टराई र सचिवमा क्रान्तिकारीका ताराबहादुर रायमाझी निर्वाचित भएका थिए । यस्तै सहसचिवमा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उमेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुका सन्तोष पोखरेल निर्वाचित भएका थिए । सदस्यमा एमाले निकट अनेरास्ववियुबाट इन्दु गाहा र सुदर्शन पाण्डेय, नेविसङ्घबाट मिस्मा राना र सुशील बस्याल निर्वाचित हुनुभयो। यसैगरी, अनेरास्ववियु क्रान्तिकारीबाट भीम लुंगेली, सृष्टि रास्कोटीमगर, मिलन सारु, सुजिता राना, विञान दुधराज, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट उज्वल भट्टराई र तुषार कालिकोटा सदस्यमा निर्वाचित हुनुभएको छ। राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौबाट अंशु भट्टराई, राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट विशाल विष्ट, असंलग्न विद्यार्थी युनियनबाट प्रवेश अर्याल सदस्यमा निर्वाचित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *