बगनासकाली पत्रकार समुहले गर्यो पत्रकारको क्षमता अभिवृद्धी

८ असार्,पाल्पा
बगनासकाली पत्रकार समुहको आयोजना र बगनासकाली गाउँपालिकाको सहयोगमा बगनासकाली भित्रका सञ्चारकर्मी तथा पत्रकारहरुको लागि क्षमता विकास तालिम बगनासकाली १ गाप्टुङमा सम्पन्न भएको छ ।
पत्रकारहरुको क्षमता विकास र फिचर लेखनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा वरिष्ट पत्रकार तथा पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष समुहका सल्लाहकार गाेविन्द भट्टराईले पत्रकारको हकहितमा स्थानीय तहले सहयोग पुरु्याउनु पर्ने र पत्रकारले पनि सत्यतथ्य समाचार लेख्नु पर्ने भन्दै यसो भएमा समग्र बगनासकालीको विकास हुने बताउनु भयो । पत्रकार महासंघ पाल्पाको पुर्व अध्यक्ष तथा समुहका सल्लाहकार झपेन्द्र गैरेले बगनासकाली गाउँपालिकाले चार ओटा पत्रकार महासंघ पाल्पाको अध्यक्ष पाइसकेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले बगनासकाली पत्रकार समुहले सोचे जस्तो काम गर्न नसकेको र पालिकाले पनि समुहलाई महत्व दिन नसकेको भन्दै आगामी दिनमा समुहलाइ सक्रिय बनाउन उचित बजेटको व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो । यसै गरि पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेनाले पत्रकार हकहितका लागि र बगनासकाली गाउँपालिकामा भए गरेका कार्यको प्रचारप्रसारका लागि बगनासकाली पत्रकार र जिल्ला भरीका पत्रकारसंग समन्वयन गरि संचार मैत्री हुन बगनासकाली सरकारलाई सुझाव दिनु भयो । यसै गरि पत्रकार देव पचभैयाले पत्रकारितामा आम्दानी नभएकाले नयाँ पुस्तालाई संचार क्षेत्रमा प्रेरित गर्न अफ्ठाराे मान्नु परेको अवस्थाबारे चिन्ता व्यक्त गर्नूभयो पत्रकार यज्ञमुर्ति तिमिल्सेनाले पत्रकारिताका माध्यम बाट प्रर्यटन प्रबद्र्धन समग्र बगनासकालीको विकासलाई सचेत गराउन पत्रकार समुहलाई सुझाबका रुपमा राख्दै फिचर लेखनकाबारे सहजिकरण गर्नू भयो ।
बगनासकाली गाउँपालिकाका प्रमुख सरस्वती चिदीले पत्रकार तथा संचार कर्मीले बगनासकाली भएका हरेक गतिविधि सकारात्मक रुपमा संचार जगतमा लैजान पत्रकारहरुलाई आग्रह गदै हाम्रो समाजमा संचार मत्र नभएर हरेक क्षेत्रमा नकरात्मकता भएकाले जनतामा भ्रम छर्ने खालका समाचार बाट टाढा रही सल्लाहसुझावका रुपमा समाज सुधारक दस्तावेज संचारमाध्यममा लैजान समुहलाई आग्रह गर्दै आगामी दिनमा बगनासकाली समुहलाई सक्दो सहयोग गर्ने जानकारी दिनु भयो । कार्यक्रम बगनासकाली पत्रकार समुहका अध्यक्ष भोजराज तिमिल्सेनाको अध्यक्षतामा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेनाको प्रमुख आतिथ्यता र बगनासकाली पत्रकार समुहका सचिव दयाराज न्यौपानेको संचालनमा २६ जना पत्रकारहरुको उपस्थितीमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *