पाल्पा– विश्व संगीत दिवस २०२५ को अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति पाल्पा र तानसेन नगरपालिका वडा नं. ७ प्रभासको संयुक्त आयोजनामा कमल पोखरी प्रभास क्षेत्र धार्मिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमभव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापा प्रमुख अतिथि रहनु भएको थियो । उहाले संगीत भनेको केवल मनोरञ्जनको माध्यम मात्र नभई , हाम्रो संस्कृति, हाम्रो इतिहास र हाम्रो पहिचानकेा संवाहक रहेकेा बताउनुभयेा । उहाले भन्नुभयेा ,लोकगीत र दोहोरी हाम्रो मौलिकता हो — जसमा हाम्रा जीवनका कथा, दुःख–सुख, रहर–आशा, रीतिरिवाज र संस्कारहरू बोल्छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सधैं लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा क्रियाशील रहँदै आएको बताउनुभयेा ।

कार्यक्रम लेाक तथा देाहेारी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, तानसेन नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रदिप खनाल, वडा सदस्य सुशील खनाल,प्रतिष्ठानका सदस्य, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने तानसेन नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रदिप खनाल, वडा सदस्य सुशील खनाल लगायत सम्पूर्ण जनप्रतिनिधिहरूप्रति आयोजक संस्था आभार व्यक्त गरेका छन ।
