पाल्पा,असार
पाल्पा जिल्लाकाे रामपुरमा बसेर पत्रकारिता गर्दै आउनु भएका ३ जना पत्रकारहरुलाई रामपुर नगर सभाले सम्मान गरेकाे छ ।
रामपुर नगरपालिकाकाे नगर सभाको १७ औं अधिवेशन बाट नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव एवं कटुवाल खबर डटकमका सम्पादक दुर्गेश मल्ल, सबल न्यूज डटकमका सम्पादक सीता डाेटेल र सामुदायिक रेडियाे रामपुर एवं कन्दरा न्यूज डटकममा आवद्ध क्रियाशिल पत्रकार रमा अर्याल भण्डारीलाई सम्मान गरेकाे हाे ।
पाल्पा जिल्लाकाे सक्रिय पत्रकारिता गर्ने पत्रकारलाई रामपुर नगरपालिकाले सम्मान गर्ने क्षमता विकासका लागि विभिन्न क्रियाकलाप गर्दै आएकाे छ ।