६० दिने सिलाईकटाई तालिा तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

९ असार,पाल्पा

संवाददाता जयराम सापकोटा

गरिवी निवारणका लागी लघुउद्यम विकाश कार्यक्रम (मेडपा) नेपाल सरकार उध्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र तानसेन नगरपालिकाको आयोजनामा तानपा १ मा ६० दिने आधारभुत सिलाइ कटाई सिप विकाश तालिमको समापन तथा प्रविधि हस्त्रान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।

२०८१ चैत्र २८ गते देखि २०८२ जेष्ठ २८ गते सम्म चलेको सिलाई कटाई तालिमको समापन कार्यक्रमा वोल्दै तालिमकी प्रशिक्षक कमला श्रेष्ठले यस वडा नम्वर १ ले आफुलाई २ महिने सिलाई कटाई तालिमका लागी अवसर दिनु भएको वडाकार्यालयलाई धन्यवाद दिदै यो तालिमवाट सिलाई कटाई सिक्न चाहने दिदीवहिनीहरुले छोटो समयमै पनि भरपुर ज्ञान लिनु भएको र आफु पनि यसवाट अझै तिखारिने मौका मिलेको वताउनु भयो ।

प्रशिक्षार्थीको तर्फवाट तालिममा सहभागी अन्जु विकले यो ६० दिने तालिम आफुहरुका लागी निकै महत्वपुर्ण अवसर भएको र यसवाट आफुहरुले टोपी, भोटो, बलाउज,पेटिकोट, जामा, लगायत १० थरिका कपडाहरु सिलाउन सिकेको र यसलाई अझै थप १ महिना सिक्ने इच्छा रहेको बताउनु भयो ।

सिलाई कटाई तालिम समारोहका प्रमुख अतिथि तानसेन नगर प्रमुख शन्तोषलाल श्रेष्ठले, स्थानिय सरकारले समाजमा लुकेर वसेका प्रतिभाहरु उजागर गर्ने हिसावले आफुहरुले योजना वनाउने, त्यसका लागी वजेट विनियोजन गर्ने र तालिम वा प्रशिक्षण द्वारा उनिहरुका प्रतिभा समाजको पौंचमा ल्याउने काम गर्ने गरेको भन्दै सिकेका सिकाईलाइ निरन्तरता दिन आग्रह गर्दे तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र मेसिन हस्तान्त्रण गर्नु भएको थियो ।
कार्यक्रममा उघुउद्यम विकाश कार्यक्रमका फोकल प्रसन भरत आचार्यले यो दुई महिने सिलाई कटाई तालिम लिएका प्रशिक्षार्थीहरुलाई आत्म निर्भर हुन सक्ने गरि काम गर्न सुझाब दिनु भयो ।
समापन कार्यक्रम वडा नम्वर १ का वडाध्यक्ष सुनिल कुमार बताएकी स्यालको अध्यक्षता, कार्यपालिका सदस्य लक्ष्मी शर्माको स्वागत र कार्यक्रमकी संयोजक आसा विकको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *