पाल्पाका गौरव नारायण रायमाझी राष्ट्रपतिबाट सम्मानित

 

णतानसेन, पाल्पा – २०८२ असार १२

पाल्पाली लोक गीत संगीतका बादशाह, वरिष्ठ लोकगायक नारायण रायमाझीज्यूलाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रम–२०८२ मा राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यतामा सम्मानित गरिएको छ।

लोक विधामा अतुलनीय योगदान पुर्‍याउँदै नेपाली लोकसंगीतको जगेर्ना तथा सम्वर्द्धनमा समर्पित रहेर काम गर्नुभएका आदरणीय गुरू नारायण रायमाझीलाई राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा संगीतका विभिन्न विधामा योगदान दिने प्रतिभाहरूलाई सम्मान गरिँदै रायमाझीलाई लोक गीत-संगीतका मूर्धन्य प्रतिभा को रुपमा विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

नारायण रायमाझीज्यूको कला यात्रा नेपाली लोकभाका, पहिचान र मौलिकतासँग गहिरो रूपमा गाँसिएको छ। उहाँका थुप्रै कालजयी गीतहरूले नेपाली जनमानसमा अमिट छाप छोडेका छन्। पाल्पा, लुम्बिनी प्रदेश र समग्र नेपाली संगीत क्षेत्रले उहाँको सम्मानलाई गर्वका रूपमा लिएको छ।

संगीत माया गर्ने सम्पूर्ण नेपालीहरूलाई यो क्षण अत्यन्त गौरवपूर्ण र प्रेरणादायक बनेको छ। सम्मानको यो अवसरमा पाल्पाली जनसमुदाय, साङ्गीतिक क्षेत्र र सम्पूर्ण देशले नारायण रायमाझीज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *