२० असार २०८२,
जयराम सापकोटा
तानसेन नगर पालिका वडा नं. अन्तरगत गोर्खेकोट देउरालीमा निर्माणाधित खुल्ला व्यायम शालाको उदघाटन सम्पन्न भएको छ ।
लुम्वेनी प्रदेशका माननिय स्वात्थ्य मन्त्री खेमवहादुर सारुबाट दिप प्रज्वलन गरि उद्दघाटन गर्नु भयाे । उक्त व्यायमशालामा वडा नम्वर १ का वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, स्वाथ्य कार्यालय पाल्पाका लेखा प्रमुख, टोल विकाश संस्थाका अध्यक्ष तथा प्रतिनिधी, महिला समुह, पत्रकार, राजनितिक दलका प्रतिनिधि तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।
खुल्ला व्यायम शालाको उदघाटन कार्यक्रममा, भुसलडाँडा मावीका सहप्राध्यापक सुन्दर श्रेष्ट, न्यु एकता क्लवका निवर्तमान अध्यक्ष नारायण न्यौपाने, नेकपा एमाले नगरकमिटि अध्यक्ष गुराँस आत्रेय, वडानम्वर १ का वडाध्यक्ष शुनिल कुमार वस्याल लगायतले वोल्दै प्रमुख अतिथि स्वाथ्य मन्त्रीज्युलाई व्यायमशालामा निर्माणका लागी प्रदेशवाट वजेट विनियोजन गरिदिनु भएकोमा धन्यवाद दिदै, खुल्ला व्यायम शालालाई ओतलाग्ने ट्रस निर्माण एवं ट्बाइलेट निमार्ण गर्न तथा भुसलडाँडा मावीमा आवस्यक पुर्वाधार वारे विद्यालयको अवलोकन गर्न र भुसलडाँडा क्षेत्रमा क्रियापुत्री भवन निर्माणका वजेट विनियोजन गरिदिन अनुरोध गरेका थिए भने वक्ताहरुले मिशन हस्पिटलमा स्वाथ्य विमा संचालनका लागी पनि पहल गरिदिन मन्त्री सारुलाई जोडदार माग गरेका थिए ।
कार्यक्रममा व्यायमशाला राख्ने स्थान निर्माणमा ठुलो सहयोग गरेको भन्दै स्थानिय समाजसेवी राजेन श्रेष्ठलाई र व्यायम शालाको योजना माग गर्ने नारायण न्यौपाले, र त्यसका पहल कर्मी गुराँस आत्रेयलाई सम्मान गरिएको थियो ।
उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दे प्रमुख अतिथि माननीय स्वाथ्यमन्त्री खेम बहादुर शारुले आफु स्वाथ्यको विषयमा अत्यन्तै चिन्तित रहेको भन्दै ऐले नसर्ने रोगवाट कैयौ नेपालीहरुको ज्यान गएको उदाहरण प्रस्तुत गर्र्नुहुदै सवैलाई सन्तुलित आहार विहार सहित दैनिय योग र व्यायम गर्न सुभाव दिनु भयो ।
पुर्व वक्ताहरुले राखेको भनाईलाई उदृत गर्दे मन्त्री सारुले स्वाथ्य विमा सम्वन्धि कार्यक्षेत्र र अधिकार संघिय सरकारको भएको भएता पनि आफु र आफ्नो मातहतमा रहेको प्रदेश सरकारले स्वाथ्य विमा वारे पटकपटक छलफल गरिरहेको भएता पनि विचमा केहि जटिलताहरु रहेका कारण मिशन हस्पिटलमा विमा सहजरुपमा संचालन हुन नसकेको जानकारि दिनुभयो ।
कार्यक्रम न्यु एकताका क्लवका का.वा. अध्यक्ष मन्जु पान्डेको अध्यक्षता, सहसचिव अम्विका भट्टराईको स्वागत र क्लवका सचिव अच्युत खनालको संचालनमा सम्पन्न भएको हो ।