रुपेश कार्कीकाे है माया झ्याउरे लाेकार्पण सम्पन्न

असार १८ पाल्पा

पाल्पाकै सुन्दर नगरि तानसेनमा लोक संस्कृतिमा आधारित “है माया” बाेलको माैलिक झ्याउरे गितको सुटिङ कार्य सम्पन्न भई आज एक समारोह विच लोकार्पण भएको छ ।

राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति पाल्पाका प्रथम उपाध्यक्ष युवा कलाकार रुपेश कार्कीको रचना तथा वहाँकै शव्द संगितमा तयार भएकाे लोक गितको, स्वरमा गुन्जना मगर र यशोदा कार्कीले साथ दिएका छन ।
तानसेनका विभिन्न ठाउमा छायाँङकन गरिएको ” है मायाँ ” गितमा निर्देशन सुमन थापाले गर्नु भएको छ भने छायाँङकनमा करन चैसरले साथ दिनु भएको छ।
यसै गरि यो गितको व्याग साइडमा साहराकला केन्द्र, राजश्री मन्जु कला केन्द्र र छमछम कलाकेन्द्रका भाइ बहिनीहरुले आआफ्नो कला प्रस्तुत गरेका छन ।
लोक संस्कृतिमा निर्मित झ्याउरे गित मिति २०८२ साल असार १९ गते विहिवार दिउसो ४:३० वजे लुम्वेनी प्रदेशका स्वाथ्य मन्त्री खेम सारुको प्रमुख आतिथ्यतामा एवं राजनितिक दलका प्रतिनिधिहरु, तानसेन नगर पालिकाका नगरप्रमुख तथा उपप्रमुख, जनप्रतिनिधिहरु, संचारकर्मीहरु र सर्वसाधारणको वाक्लो उपस्थिति रहेको थियो ।
लोकार्पण कार्यक्रम संस्थाका अध्यक्ष कमल भट्टराईकाे अध्यक्षता, रुपेश कार्कीकाे स्वागत मन्तव्यमा संचारकर्मी नारायण न्यौपानेको संचालनमा चलेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *