कमल भट्टराई,पाल्पा
२०८१ साउन ३
हिन्दु नारीहरुको महान पर्व तिज नजिकिदै जाँदा लाेक दुनियाँकाे साथि प्रेम लामिछाने मगरले कचकचे जाई तीज गीतकाे भिडियाे बजारमा पठाएका छन् । बिभिन्न शैलीका गित बजारमा ल्याउने गरेका सर्जक तथा गायक प्रेम लामिछाने मगर र साथीहरु मिलेर ठटयौली तिज गित कचकचे जोई बजारमा ल्याएका छन ।
शुक्रबार मात्र मञ्जली बस्याल युटुब च्यानल मार्फत सार्वजनिक गितमा श्रीमान श्रीमतीको रमाइलो नोकझोक हेर्न र सुन्न सकिन्छ । तिजको रमाइलोसैगै ठटयौली भिडियोले दर्शकलाई प्रसस्तै मनोरञ्जन दिने भिडियोका निदैशक तथा सम्पादक रोशन धितालले बताए । यस अघी पनी ठटयौली तिज गित मार्फत राम्रो प्रतिक्रिया पाएका गायक तथा कलाकार लामिछानेले गितको भिडियोमा कलाकार नविना सिलवाल (खुइली) संग जोडी बाधेका छन ।
गीतको शब्द बिशाल रायमाझीले कोरेका हुन भने रिजन न्यौपानेले गितमा संगित भरेका हुन । प्रेम लामिछाने मगर, शान्तारानी परियार, प्रदिप गिरी र मञ्जली बस्यालको स्वर रहेको गितमा सञ्जय श्रीपालले संगित संयोजन गरेका हुन । रिलीज भएको भिडियोमा श्रीमतीको इच्छा र श्रीमानको अबस्था÷बाध्यतालाई दर्शाउन खोजिएको छ ।
। भिडियो लिंक https://youtu.be/EW0kmGaHoK8?si=535_g7d9zvcyQynt