क्षयरोग निवारण संस्था पाल्पा शाखाको अधिवेशन सम्पन्न

जयराम सापकोटा,श्रावण २३शुक्रवार

नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको ३७सौ साधारणशभा एवं १० अधिवेशन सम्पन्न भएको छ ।

क्षयरोग निवारण संस्थाकी केन्द्रिय उपाध्यक्ष शोभा शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारि तोयनाथ सुवेदी, खानेपानी उपभोक्ता समिति अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नेत्रज्योती संघका अध्यक्ष वुद्धि प्रसाद शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, आजिवन सदस्य रमा पन्थी लगायतले शुभकामना मन्तव्य सहित अधिवेशनको पुर्ण सफलताको कामना गर्नु भएको थियो ।

अधिवेशनमा संस्थाका सचिव झपेन्द्र गैरेले संस्थाको गतिविधि सहितकको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शरोजलाल शाक्यले अडित रिपोट सहित रु २४ लाख ६४ हजार २५ रुपिया ४६ पैसा वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाको अधिवेशनले का.वा. अध्यक्ष विधान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको
उपाध्यक्षमा- सुकुन्तला श्रेष्ठ
सचिव- झपेन्द्र गहिरे
उपसचिव- मधुदयाल सैजु
कोषाध्यक्ष- शरोजलाल शाक्य निर्वाचित हुनुभएको छ ।
भने सदस्यमा क्रमस मोहन प्रसाद श्रेष्ठ, शुशिल प्रधान, विरेन्द्र काजी श्रेष्ठ, जयराम सापकोटा, सकुन्तला शाक्य र शँकर रायमाझी चयन हुनु भएको छ ।
क्षयरोग निवारण संस्थाको अधिवेशन सहसचिव सुलोचना शाक्यको स्वागत सचिव झपेन्द्र गैरेको संचालनमा सम्पन्न भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *