गुल्मीका युवा पवन पौडेलले गरे विद्यालयलाई सहयाेग

सुमन कार्की, साउन 24

रिमुवा गुल्मीका युवा पवन पौडेलले श्री भरेक आधारभूतढ गुल्मी ग्यादीको विद्यालयका विद्यार्थीलाई शैक्षीक सामाग्री र पोशाक तथा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
शुक्रवार विद्यालयको कल्याणकारी कोषमा रु ५१ हजार र सम्पूर्ण विद्याथीहलाई शैक्षिक सामग्री हस्तानतरण गरेको निमित्त प्रधानाध्यपक संगीत मगरले जानकारी दिनुभयो । पौडेल हाल रोजगारकिो शिलसिलामा दक्षिण कोरीयामा हुनुन्छ । शिक्षा र सहयोग उज्यालो भविश्यको आधार भन्नेमूल नाराका साथ यस्ता सहयोग तथा कार्यक्रमहरु विद्यालयमा वेलावेलामा हुदै आएको समेत विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि का.वा. वडा अध्यक्ष थर्क वहादुर कुवँरले प्रदेशमा रहेर पनि आफ्नो गाउँठाउलाई मायागरि सहयोग समेत गरेकोमा पवन पौडेललाई विशेष धन्यवाद तथा आभार प्रकट गर्नुभयो ।
कायक्रमकम संयोजक तथा विद्यालयका सहायक प्र.अ. संगीत मगर उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला बरालको अध्यक्षतामा शिक्षक विष्णु प्र.बरालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *