जनै पुर्णिमाकाे महाेत्व

  • हुमलाल अर्याल, साउन २४

ऋषितर्पणी पूर्णिमाका विषयमा
ताेयराज नेपाल श्रावणशुक्ल पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा भनिन्छ। यस दिन जनै लगाउने जति सबैले नित्यकर्म गरेपछि गुरु शिष्य सबै मिलेर नदी जलाशयमा गएर सङ्कल्पपूर्वक श्रावणीस्नान गर्नुपर्छ। धेरै जना मिलेर गरिने स्नान भएकाे हुँदा यसलाई गणस्नान पनि भनिन्छ। तर–
´´सङ्क्रान्तौ ग्रहणे चैव सूतके मृतके Sपि वा।
गणस्नानं न कुर्वीत नारदस्य वचाे यथा।“ अर्थात् सङ्क्रान्ति , ग्रहण र जुठोसूतकमा याे स्नान गर्न निषेध छ। यसमा दश किसिमकाे स्नान गर्नुपर्दछ। जाे यस प्रकार छन्। –
´´भस्म- गाेमय- मृद्-वारि-गाेमूत्रं गाेमयं पयः।
दध्याज्यं दर्भ इत्येते विहिताः क्रमशाे दश।।“
( ´´दध्याज्यं दर्भ-मन्त्राश्च विहिताः क्रमशाे दश।।“
इति पाठन्तरम्।
१-भस्मस्नान २-गाेमयस्नान ३-मृत्तिकास्नान ४ – जलस्नान५- गाेमूत्रस्नान ६- दुग्धस्नान ( गाईको दूध) , ७- दधिस्नान ८- आज्यस्नान ९-कुशस्नान र १०- मन्त्रस्नान मन्त्र प्रयोग गरी स्नान गर्दा दश किसिमका स्नान हुन्छन्। स्नानपछि भस्म, चन्दन आदि धारण गरेर स्नानाङ्ग तर्पण गर्नुपर्छ। अनि सूर्याेपस्थान, सन्ध्यावन्दनादि सकेर उपाकर्म गर्नुपर्छ।–
´´श्रावण्यां प्रौष्ठपद्यां वा Sप्युपाकर्म यथाविधि। युक्तश्छन्दांस्यधीयीत मासान् विप्राेSर्धपञ्चमान्“।
´´सम्प्राप्ते श्रावणस्यान्ते पौर्णमास्यां दिनाेदये।
स्नानं कुर्वीत मतिमान् श्रुतिस्मृतिविधानतः।।
उपाकर्मादिकं प्राेक्तमृषीणाञ्चैव तर्पणम्।
शूद्राणां मन्त्ररहितं स्नानं दानं च शस्यते।
उपाकर्मणि कर्तव्यमृषीणाञ्चैव पूजनम्।।“ भविष्यपु•
´´ श्रावण्याःप्रौष्ठपद्या वा प्रतिपत् षड्मुहूर्तकैः।
विद्धा स्याच्छन्दसां तत्रोपाकर्मोत्सर्जनं भवेत्।।“
निर्ण•सि• चूडा- २२९
अथ यजुर्वेद्युपाकर्मनिर्णयः-
´´पौर्णमास्याः खण्डत्वे यदा पूर्णिमा मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने षड्मुमुहूर्तव्यापिनी तदा सर्वयाजुषाणामुत्तरैव।
पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तत्रयादिव्यापिनी षड्मुहूर्तन्यूना तदा तैत्तिरीयैरुत्तरा ग्राह्या ,
तैत्तिरीयभिन्नयाजुषैः पूर्वा ग्राह्या।
(धर्मसि•सुधा-१२२)
अथ काण्वमाध्यन्दिनोपाकर्म निर्णयः –
´´तिथेः खण्डत्वे षड्मुहूर्ताधिक्ये षड्मुहूर्तन्यूनत्वे पूर्वा ग्राह्येत्यादिः।“ ध•सि•- सुधा-१२३
दुईदिन पूर्णिमा हुँदा उदयमा ६ मुहूर्त भन्दा बढिभए त्यसैदिन गर्नुपर्दछ ६ मुहूर्तभन्दा कमी भए अघिल्लादिन चतुर्दशीकादिन उपाकर्म गर्नुपर्दछ। उपाकर्म भनेकाे वेदाध्ययनकाे आरम्भकाे उत्सव हाे। याे कर्म आजबाट आरम्भ गरेर साढेपाँच महिनासम्म प्रत्येक दिन आआफ्ना शाखाका वेद अध्ययन गर्दै अन्त्यमा पौष वा माघमा राेहिणी नक्षत्र परेका दिन नदीतटमा गएर विधि पूर्वक उत्सर्जन अर्थात् अध्ययन समाप्तिकाे उत्सव गर्नुपर्दछ। उपाकर्मका दिन अरुन्धती सहित कश्यपादि सप्तर्षिकाे पूजा गर्नुपर्दछ। पहिले रुद्राभिषेक गरेर सप्तर्षिको पूजा गर्नुपर्दछ ।सप्तर्षि यसप्रकार छन् १- कश्यप २-अत्रि ३- भरद्वाज ४- विश्वामित्र ५- गौतम ६- जमदग्नि ७-वसिष्ठ र अरुन्धतीकाे पनि पूजा गर्नुपर्दछ। त्यसपछि ऋषिलाई तर्पण गर्नुपर्दछ। ऋषिलाई तर्पण गर्ने पर्व भएकाेले यस पर्वकाे नाम नै ऋषितर्पणी पूर्णिमा भनिन्छ। यसैदिन यज्ञाेपवीतकाे( जनैकाे) संस्कार गरी नयाँ यज्ञेपवीत धारण गर्नुपर्दछ। यज्ञाेपवीतसंस्कारमा पहिले तन्तुदेवताकाे आवाहन गरी पूजा गर्नुपर्छ ।तन्तुमा- १-ॐकार २- अग्नि३- नाग ४- साेम, ५-पितृ ६-प्रजापति ७-वायु ८- यम र ९- विश्वेदेवहरू रहन्छन्। तिनकाे आवाहन गरी पूजा गर्नुपर्छ। त्यसपछि ग्रन्थि शिखामा १-ब्रह्मा २-विष्णु र ३- रुद्रकाे आवाहन र पूजा गर्नुपर्दछ। त्यस पछि ऋषिश्राद्ध गर्ने विधान छ। यो श्राद्ध नगर्दा प्रत्यवाय नलाग्ने र गर्दामा बढिफल प्राप्तहुने हुँदा गर्नेलाई फलप्राप्ति हुन्छ ,नगर्नेलाई पाप लाग्दैन। त्यस पछि पितृलाई र ब्राह्मणलाई यज्ञाेपवीत अर्पण गरी आफुले धारण गर्नुपर्छ। यज्ञाेपवीत धारण गर्दा पहिले आचमन गरेर विनियाेग गर्नुपर्दछ – ॐयज्ञाेपवीतमिति मन्त्रस्य परमेष्ठी ऋषिः लिङ्गाेक्ता देवता श्रौतस्मार्तकर्मानुष्ठानसिद्ध्यर्थं नूतनयज्ञाेपवीतधारणे विनियाेगः।
त्यसपछि यज्ञाेपवीतलाई दुबैहातमा लिएर हातजाेडी दशपटक गायत्रीमन्त्रले अभिमन्त्रण गरेर तलकाे मन्त्र उच्चारण गरी यौटा एक्ले जनै लिएर दाहिने हात ठाडाे पारेर पहिले हातबाट छिराएर पछि शिरबाट धारण गर्नुपर्दछ। जनै धारणगर्ने मन्त्र
´´ॐ यज्ञाेपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञाेपवीतम्बलमस्तु तेजः।। ॐयज्ञाेपवीतमसि यज्ञस्य त्वा यज्ञाेपवीतेनाेपनह्यामि।। “। त्यसपछि अर्को एक्ले जनै लिएर पहिलेकैझैं पहिले हातबाट र पछि शिरबाट छिराउनुपर्दछ। पुरानु यज्ञाेपवीत निकालेर त्याग गर्नुपर्दछ।पुरानो जनै त्याग गर्ने मन्त्र– ´´एतावद्दिनपर्यन्तं ब्रह्मत्वं धारितं मया। जीर्णत्वात्तत्परित्यागाे गच्छ सूत्र यथासुखम्।।“ यसपछि आचमन गरेर यथाशक्ति गायत्री जप गरी जप अर्पण गर्नुपर्दछ ।
´´अनेन नवीनयज्ञाेपतीतधारणार्थे कृतेन यथाशक्तिगायत्रीजपाख्येन कर्मणा भगवान् सूर्यनारायणः प्रीयतां न मम।“ॐ तत् सत् परब्रह्मार्पणमस्तु।
यसै दिन रक्षाबन्धनकाे पूजा गरेर धारण गर्नुपर्छ। यसकाे मन्त्र यस प्रकार छ।-
´´ येन बद्धाे बली राजा दानवेन्द्राे महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।। “
इति। ( बली राजामा राे रि सूत्रले दीर्घ भएकाे हाे)
यसदिन विभिन्न थरीका गेडागुडीहरू ३ ,४ दिन अघि नै भिजाएर उम्रिएपछि क्वाँटी पकाएर यसको रस पिउँदा वर्षाकालमा लागेकाे चिसाे जान्छ, भन्ने लौकिक प्रचल छ ।विशेषगरी यो प्रचलन नेवारजातिमा प्रसिद्ध छ।
ॐ हरये नमः।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *