रणउजिरेश्वरी भगवती कपको उपाधि पाल्पा भलिबल संघलाई

वल बहादुर उचै‚ पाल्पा ।

श्रीनगर भलिबल क्लबको आयोजनामा सम्पन्न दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिताको उपाधि पाल्पा जिल्ला भलिबल संघले चुमेको छ । गत साउन २८ गतेदेखि सुरु प्रतियोगिताको सोमबार तानसेन टुँडिखेलमा सम्पन्न फाइनल प्रतियोगितामा फरइभर जापान टोकियो भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको हो  ।

पाल्पा भलिबल संघले नगद एक लाख ७५ हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । उपबिजेता भएसँगै फरइभर जापान टोकियो भलिबल क्लबले नगद १ लाख २५ हजार ट्रफी र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जिएम समाज नवलपुरलाई ३–१ ले पछि पार्दै तेस्रो भएको छ ।  तेस्रो भएसंगै ६० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । सान्तवना भएको नवलपुरले ३० हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ५ टिमको सहभागिता रहेको थियो । विद्यागत तर्फ उत्कृष्ट खेलाडी हिमाल सुनारी, बेष्ट सर्भर अशोक श्रेष्ठ, डिफेन्स तर्फ राजन दर्लामी, ब्लकर लोचन आले, सेटरमा दिपेश कुँवर, स्पाइकर सञ्जु विक्रम शाह भएको श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले जानकारी दिनुभयाे । महिला तर्फ निस्दी भलिबल क्लबलाई पछि ३–० को सेटमा पछि पादै चण्डेश्वरी युवा क्लब रिब्दीकोट–६, ठिमुरे पहिलो भएको छ ।
पहिलो भए संगै प्रथम हुने चण्डेश्वरीले ३० हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । दोस्रो भएको निस्दीले नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला तर्फ तेस्रो भएको कानुङ भलिबल क्लब पाल्पाले ३–० को सेटमा न्यु होराइजन भलिबल क्लब तानसेनलाई पछि पार्दै तेस्रो भएको छ ।
तेस्रो हुने कानुङ भलिबल क्लबले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाए भने सान्त्वना भएको न्यूहोराइजन हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकको भनाइ छ । विद्यागत महिलातर्फ उत्कृष्ट खेलाडी अनिसा रोका, डिफेन्समा रस्मिता गुरुङ, ब्लकर लोकमाया बयम्बु, सेटरमा प्रतिभा चौधरी, स्पाइकर सोइ थापा र सर्भरमा रिचा गाहा भएको श्रीनगर भलिबल क्लबका सचिव दीपक चौहानले जानकारी दिनुभयाे ।
विजेता टिम तथा खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण बहादुर आले, नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ लगायतले नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र बितरण गर्नुभएकाे थियाे । स्वास्थ्यमन्त्री सारुले देश तथा विदेशमा नाम राख्ने खेलकुदको माध्यम भएकाले तल्लो तहबाटै खेलकुदलाई प्राथमिकता दिएर अघि बढाउनुपर्नेमा जोड दिनुभयाे । लुम्बिनी प्रदेश सरकारले पनि खेलुकदको क्षेत्रलाई महत्वका साथ हेरेर सोही अनुसारको बजेट व्यवस्थापन गर्दै आएको बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *