उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि ४ दिने उद्यमी भ्रमण

दाङ,  पाैष ८
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा उद्यमीहरूको क्षमता अभिवृद्धि तथा उत्प्रेरणा प्रदान गर्ने उद्देश्यसहित ४ दिने उद्यमी भ्रमण कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रम अन्तर्गत २५ जना साना तथा मझौला उद्योगीहरूलाई विभिन्न कुटिर उद्योग, साना उद्योग तथा ठूला औद्योगिक कलकारखानाको अवलोकन गराइनेछ। भ्रमणमार्फत उद्यमीहरूलाई व्यवसायिक अनुभव आदान–प्रदान, नयाँ प्रविधि तथा व्यवस्थापन सीपबारे जानकारी दिने उद्देश्य राखिएको छ।

कार्यक्रमका प्रमुख केशव सुनारका अनुसार उद्यमीहरूलाई सफल उद्योगको प्रत्यक्ष अवलोकन गराई आत्मविश्वास बढाउने तथा उद्यम विस्तारतर्फ प्रेरित गर्नु कार्यक्रमको मुख्य लक्ष्य हो।

उक्त ४ दिने भ्रमण कार्यक्रममा पाल्पा जिल्लाका विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता रहेको कार्यालयले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *