३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम उद्घाटन

३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम उद्घाटन
पाल्पा, वल बहादुर उचै
घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको आर्थिक सहयोगमा तालिम प्रदायक सस्था शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन प्रा. लि. को प्राविधिक सहयोगमा तानसेन पाल्पामा ३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम (सीप परीक्षण समेत) उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
३९० घण्टे तालिम प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य माननीय राजु श्रेष्ठको आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भयो । तालिममा २० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।


कार्यक्रममा श्रेष्ठले सीप नभएर बेरोजगारी भएको र सीपले मानिसलाई निपूर्ण बनाउने र यो तालिमले भविष्यका कर्णधार बालबलिकाहरुलाई सिकाई कार्य प्रभावकारी हुने बताउनुभयो । तालिमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालय तानसेन, पाल्पाका वरिष्ठ अधिकृत केशव सुनारले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सस्थाका निर्देशक कमल प्रसाद भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *