लियो क्लब अफ पाल्पा II र लियो क्लब अफ पाल्पा एलएमसी द्वारा संयुक्त आयोजनामा 67th Leo Week सेलीब्रेशन

पाल्प,मेघराज बस्याल

मंसिर १४

   लियो क्लब अफ पाल्पा II र लियो क्लब अफ पाल्पा एलएमसी द्वारा संयुक्त आयोजनामा 67th Leo Week सेलीब्रेशन को आज पहिलो दिन शुभारम्भ भएको छ । कार्यक्रमका अध्यक्ष लियो बिक्रम घिमिरे ज्यु यस कार्यक्रमका प्रमुख अतिथि एरिया २ का एरिया चिफ चेयरप्रसन लायन्स शशी श्रेष्ठ , विशिष्ट अतिथि जोन चेयरप्रसन जोन -२ का लायन्स सीता बस्नेत ज्यु , अतिथि निलसागर आश्रम बाट प्रतिनिधि ज्यु को उपस्थित रहेको थियो।। कार्यक्रमका सम्योजक लियो स्मृति पुन ज्यू र लियो मेघराज बस्याल ज्यु ले गर्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन लियो मेघराज बस्याल ज्यु ले गर्नुभएको थियो।,कार्यक्रम लाई प्रकाश पार्दै स्वागत लियो स्मृति पुन ज्यु ले गर्नु भएको थियो, झन्डा अभिवादन लियो अर्पन न्यौपाने तथा लियो पेज लियो सुजित कुमार थापा ज्यु ले वाचन गर्नु भएको थियो। लियो क्लबले आफ्नो जिल्ला ले दिएको कार्यक्रमहरुलाइ सफलतापुर्वक सम्पन्न गर्दै आइरहेको र अझै नया कार्यक्रमहरु गर्न पनि अनुरोध गर्दै लियो क्लब अफ पाल्पा-II ले युवा तथा खेलाडीहरु लाई संरक्षण गर्न र युवाहरूमा एकताबद्ध गर्ने लक्ष्य राख्दै खेल हरु पनि संचालन गर्ने सुझाव प्रमुख अतिथीले बताउनु भएको थियो।।

लियो सप्ताह मनाउने आयोजनाका साथ पहिलो दिनको दिन डायबेटिज अर्थात् मधुमेह को जाँच निलसागर आश्रममा वृद्ध आमाहरु बुवाहरु दाजुभाई तथा दिदीबहिनीहरुलाई जाँच र ब्लड प्रेसर पनि चेक गरी तथा लियो क्लब अफ LMC द्वारा फलफूल वितरण गरी आजको कार्यक्रम लाई लियो बिक्रम घिमिरे ज्यु बाट समापन गरिएको थियाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *