लायन्स क्लब अफ विपना सित्तलपाटिद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

कमल भट्टराई

तानसेन, साउन १४ — लायन्स क्लब अफ विपना सित्तलपाटिको आयोजनामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। तानसेन नगरपालिका वडा नं. ५ वनदेवीमा मा सम्पन्न उक्त कार्यक्रममा क्लबका अध्यक्ष रुक्मागत शर्माको अध्यक्षतामा विभिन्न जातका बिरुवाहरू रोपिएका थिए भने पुरना विरुवालाई गाेडमेल गरिएकाे थियाे ।

सामुदायिक वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा, क्लबका पदाधिकारी, युवा तथा बालबालिकाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमले वातावरणीय सन्देश प्रवाह गर्नुका साथै वृक्ष संरक्षणप्रति आम नागरिकमा चेतना फैलाउने उद्देश्य लिएको आयोजकले जनाएका छन्।

 

साथै सचिव सम्झना श्रेष्ठ र सदस्य सरस्वती आलेकाे जन्मदिनकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे चार्टर्ड अध्यक्ष रमेश बज्राचार्यले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *