कमल भट्टराई ,साउन १५
तानसेन, पाल्पा — तानसेन नगरपालिका वडा नं. ४ अन्तर्गतको सिल्खानटोल २ टोल विकास संस्थाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। हालै सम्पन्न भेलाबाट अरुणा पान्डे भट्टराईको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।
नव-निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:
🔸 अध्यक्ष – अरुणा पान्डे भट्टराई
🔸 उपाध्यक्ष – गीता शर्मा
🔸 सचिव – रीता आचार्य
🔸 कोषाध्यक्ष – सुमिर पुकार बस्नेत
🔸 सहसचिव – मन गहिरे
🔸 सहकोषाध्यक्ष – सुनीता ज्ञवाली
सामुदायिक विकास, वातावरण संरक्षण, तथा स्थानीय सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी कार्यकालका लागि नयाँ समितिले विभिन्न योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ।

अध्यक्ष अरुणा पान्डे भट्टराईले सम्पूर्ण टोलवासी र सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै पारदर्शी र समावेशी नेतृत्व प्रदान गर्ने दृढता व्यक्त गर्नुभएको थियो।
नव-निर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।