गुल्मी सत्यवति समाज जापानको प्रथम अधिवेशन सम्पन्न

गुल्मी सत्यवति समाज जापानको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

जापानको राजधानी टोक्योमा गुल्मी सत्यवति समाज जापानको प्रथम अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ ।
धिरज भण्डारीको नेतृत्वमा सम्पन्न अधिवेशनले समाजलाई औपचारिक रुपमा पूर्णता प्रदान गरेको ऐतिहासिक दिनको रुपमा सहभागीहरूले स्मरण गरेका छन् ।

कार्यक्रमको अध्यक्षता मान बहादुर मल्लले गर्नुभयो भने, कार्यक्रम सञ्चालन प्रकाश ढकालले गर्नुभएको थियो ।

अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । निर्वाचित पदाधिकारीहरु यसप्रकार छन् :
अध्यक्ष : धिरज भण्डारी
उपाध्यक्ष : लक्ष्मण पाण्डे / गोमा ढकाल
महासचिव : प्रकाश ढकाल
सचिव : शंकर ढकाल
कोषाध्यक्ष : जनक भण्डारी
सह–कोषाध्यक्ष : बाबुराम भण्डारी
सदस्यहरू:
१. सुमन गैरे
२. हरि ज्ञवाली
३. पर्सुराम ढकाल
४. करण ज्ञवाली
५. बालकृष्ण न्यौपाने
६. प्रेम ज्ञवाली
७. सरिता ढकाल
८. शान्ति भण्डारी
९. कल्पना खरेल
समाजको स्थापना जापानमा रहेका सत्यवतीवासी तथा नेपाली समुदायलाई संगठित गर्दै आपसी सम्बन्ध, सद्भाव र सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गरिएको हो । साथै, समाजले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, संस्कृति, वातावरण र पर्यटनजस्ता क्षेत्रमा योगदान पुर्‍याउँदै वैदेशिक अध्ययन, रोजगारी र व्यवसायबाट प्राप्त ज्ञान–सीपलाई जन्मभूमिको समृद्धिमा प्रयोग गर्ने लक्ष्य लिएको छ ।

अधिवेशनमा समाजले आजदेखि थप संगठित ढंगले समुदायबीच सहयोग, आपसी एकता र विकासका लागि क्रियाशील हुने संकल्प गरेको जनाएको छ ।
कार्यक्रममा सहभागी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीप्रति समाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *