वल बहादुर उचै‚ पाल्पा ।
भाद्र २४
सुशिल बस्याल “राष्ट्रप्रेमी” ले सामाजिक सञ्जाल फेसबुक मार्फत नेबिसंघबाट राजिनामा दिएकाे घाेषणा
सुशिल बस्याल “राष्ट्रप्रेमी” ले सामाजिक सञ्जाल फेसबुक मार्फत नेबिसंघबाट राजिनामा दिएसुशिल बस्याल “राष्ट्रप्रेमी” ले सामाजिक सञ्जाल फेसबुक बाट नेबिसंघबाट राजिनामा दिएको बताउनुभएको छ । उनी भन्छन् ” समयको मागअनुसार ठोस निर्णय लिनु अपरिहार्य हुन्छ।
आजदेखि म नेपाल विद्यार्थी संघबाट राजीनामा दिएको सार्वजनिक घोषणा गर्दछु। अबको यात्रा नयाँ सोच, नयाँ ऊर्जा र बेथिती विरुद्ध दृढ प्रतिबद्धतासहित हुनेछ। तर नयाँ चुनौती, नयाँ अभियान र सामाजिक न्यायतर्फको मेरो यात्रा अझ सशक्त तरिकाले अघि बढ्ने छ । माया गर्नुहुने, मार्गदर्शन दिनुहुने आदरणीय व्यक्तित्वहरूको सुझाव र साथीहरूको समर्थनलाई सधैं स्मरण गर्दै, अब म अटल विश्वास र स्वच्छ उदेश्यका साथ नयाँ उचाइतर्फ अघि बढ्नेछु। यो केवल अन्त्य होइन, बरु सामाजिक परिवर्तन, न्याय र सकारात्मक भविष्यतर्फको नयाँ सुरुवात हो।