तीजको कार्यक्रम स्थगित गरेर बाढिपिडितहरूको राहत तथा उद्धारमा सहयोग

पाल्पा

श्री घुम्ती टोल विकास संस्था तानसेन १ पाल्पाले तीज कार्यक्रममा खर्च गरिने रकमलाई बाढीपीडितहरूको राहत तथा उद्धारमा सहयोग गरेको छ ।

भदौ १० गते रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै राहतकोषमा १६ हजार १ सय ५०रुपैया प्रधानमन्त्री दैवी प्रकोप रद्धारकोषमा जम्मा गरिदिएको संस्थाकी अध्यक्ष मञ्जु धामीले बताउनु भयो ।
साथै संस्थाले यस अघि पूर्वनिर्धारित तीजको दर खाने तथा दिदी बहिनी भेटघाट कार्यक्रम समेत स्थगित गरेको र यस दुःखद तथा राष्ट्रिय विपद्को घडीमा मानवीय संवेदनालाई मध्यनजर गर्दै यस श्री घुम्ती टोल विकास संस्थाको टोल भित्र कुनै पनि मनोरञ्जनात्मक, सांस्कृतिक तथा उत्सवमूलक कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको छ।
संस्थाका सदस्यहरुले तीज कार्यक्रममा खर्च गरिने रकमलाई बाढीपीडितहरूको राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले रु ५०० सय तथा इच्छाअनुसार सोभन्दा बढी रकम समेत एकमुष्ट संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *