पाल्पा,भाद्र २२
पाल्पाको बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङका स्थानीयवासीले रसुवामा आएको बाढीका कारण ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका छन्।
२०८३ भदौ १० गते बाढीका कारण ज्यान गुमाएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयवासीले स्वतःस्फूर्त रूपमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रममा आर्यभञ्ज्याङका स्थानीयवासीको सहभागिता रहेको थियो। विपद्को यस दुःखद घडीमा मृतकप्रति सम्मान तथा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम गरिएको स्थानीय समाजसेवी सञ्जय श्रेष्ठले जानकारी दिनुभयो।
