लोक दोहोरी क्षत्रेका अब्बल गायक राजु

पाचौ राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड अन्तर्गत सर्बोकृष्ट मौलिक गित गाएक अवार्ड लोक गायक राजु अधिकारीले हात पारेका छन् ।
बिगत २०७८ सालदेखी अधिकारी गित सङ्गीत छेत्रमा लाग्दै आएका हुन् । उनले मौलिक पन्चेबाजा गित मकैको कुनियो गितबाट अवार्ड जित्न सफल भएका हुन् । फागुन ६ मा सप्पन्न पाचौ राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८२ मा उनले अवार्ड थापेका थिए ।
बिगत लामो समयदेखि विशाल मुभिज प्रा.ली. ले विभिन्न अवार्डका कार्यक्रमहरु गर्दै आइरहेको छ । लोक दोहोरी गित सङ्ग सम्बन्धित करिब २६ बिधाका ६० जना कलाकारहरुलार्इ अवार्ड वितरण गरिएको थियो ।
स्याङ्जालि गाएक राजु अधिकारीका हाल सम्म दर्जनौ गितहरु बजारमा आएका छन् । विशेष गरि अधिकारीले लोकमौलिक गीतहरु गाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *